आजको रशिफल वि.सं. २०७२ साल माघ १६ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी ३० तारिख।


वि.सं. २०७२ साल माघ १६ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी ३० तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– षष्ठी, १५:१२ बजेउप्रान्त सप्तमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउन सक्छन्। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerनयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoरमाइलो जमघटमा पुगिए पनि मन शान्त नहुन सक्छ। चिताएका काममा भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। विभिन्न अवसर आए पनि हिम्मतले काम लिन नसक्दा पछि परिएला। मेहनतले आत्मविश्वास बढाउन सक्छ। रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययनका लागि समय अपुग हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने बेला छ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअवसरका लागि निकै दौडधुप गर्नुपर्ला। खर्चको मात्रा पनि बढ्ने समय छ। आफन्त एवं नजिकका साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। समस्या दर्साउँदा टाढाका साथीभाइले सहयोग जुटाउन सक्छन्। वैदेशिक क्षेत्रबाट पनि लाभ लिन सकिनेछ। लामो यात्रा सम्भावना छ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioगरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुन सक्छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। केही अवसर गुम्न सक्छन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई बिस्तारै फाइदा मिल्नेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिस्थितिले केही चुनौती निम्त्याए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। (नेपाली पात्रो)
आजको रशिफल वि.सं. २०७२ साल माघ १६ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी ३० तारिख। आजको रशिफल वि.सं. २०७२ साल माघ १६ गते। शनिबार। इश्वी सन् २०१६ जनवरी ३० तारिख। Reviewed by Unknown on 10:43 PM Rating: 5
Powered by Blogger.